काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र दुसित थानी हिमालयन रिसोट, धुलिखेलबीच सम्झौता भएको छ ।
उक्त सम्झौताका अनुसार बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । बैंकका अनुसार फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५५ सम्म छुट हुने भएको हो।
छुटका लागि ग्राहकले एनआईएमबी डेबिट/ क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ्ग) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । छुटको विवरण आधिकारिक वेवसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया