बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्यो, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा सामान्य वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकको असाेज ८ गतेकाे तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २० अर्ब निक्षेप संकलन भएको छ । असाेज ७ गते ६५ खर्ब १८ अर्ब संकलन भएकाे थियाे ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि वृद्धि देखिएको छ ।  असोज ७ गते ५७ खर्ब ९३  अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले ८  गते ५७ खर्ब  ९६ अर्ब निक्षेप संकलन गरेका छन् । 

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने बढेको छ । असोज ७  गते ५२ खर्ब ३२ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ८ गते ५२ खर्ब ३३ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।

यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि गिरावट देखिएको छ । सोमबारसम्म ४६ खर्ब ३२  अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले मंगलबार ४६ खर्ब  ३१ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८. ८६  प्रतिशत कायम भएको देखाएको छ ।