बैंकहरुको प्राथमिक्तामा ‘ग्रीन फाइनान्स’, बैकर्स संघले स्थापना गर्याे ‘सस्टेनेबल फाइनान्स डेस्क’

बैंकहरुको प्राथमिक्तामा ‘ग्रीन फाइनान्स’, बैकर्स संघले स्थापना गर्याे ‘सस्टेनेबल फाइनान्स डेस्क’


काठमाडौं – नेपाल बैंकर्स संघले ‘सस्टेनेबन फाइनान्स डेस्क’ स्थापना गरेको छ । संघले आज आयोजित ‘क्लाइमेट फाइनान्स एण्ड ग्रीन फाइनान्स ट्याक्सोनोमी’ नामक एक कार्यक्रममा डेस्क स्थापनाकाे घाेषणा गरेको हो ।

नियामक आवश्यकता र अन्तर्राष्ट्रिय मापदण्डहरू पालन गर्न सहयोग, वित्तीयकरणका लागि सक्रियता वृद्धि, सरोकारवालाहरूबीच सचेतना निर्माण र सहकार्य वृद्धि गर्न संघले यो डेस्क स्थापना गरेको संघका अध्यक्ष सुनिल केसीले बताए ।

उनले सो डेस्कले ग्रीन फाइनान्स र क्लाइमेट फाइनान्समा बैंकहरुको लगानी क्षमता र विशेषज्ञता निर्माण गर्न सहयोग पुर्याउने बताए । नेपाल बैंकर्स एशोशिएसन र इन्भेष्ट फर इम्प्याक्ट नेपालको आयोजनामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन् ।