गभर्नर अधिकारीको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

गभर्नर अधिकारीको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज बिहीबार पनि न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ भैरहेको छ ।

गत मंगलबारदेखि न्यायाधीशद्वयको इजलासमा गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ सुरु भएको थियो । मंगलबार गभर्नर अधिकारीका तर्फबाट वकिलले बहस गरेका थिए आज सरकारतर्फबाट बहस भैरहेको छ । मंगलबार समय अभावले यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो ।

सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्न निर्णय गर्दै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन गर्न जाँचबुझ समिति बनाएको थियो । त्यसपछि अधिकारीले सरकारले आफूमाथि पूर्वाग्राही ढंगले कानुनविपरीत हाएको भन्दै पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अधिकारीको रिटमाथि सुनुवाइ गर्दै गत वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनीमाथि कुनै कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । साथै अधिकारीमाथि छानबिन समिति गठन गर्नुको कारण माग गर्दैसरकारको नाममा कारण देखाउ आदेशसमेत इजलासले जारी गरेको थियो ।

आजको बहसपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने किन नदिने भन्ने विषयको टुङ्गो लगाउनेछ ।