काठमाडौं – बुधबार दोहोरो अंकले बढेको शेयर बजार बिहीबार पुनः घटेको छ । आज बजार ३२ अंकले ओरोलो लागेको हो । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१ दशमलव ८१ अंकले घट्दै २४ सय ८६ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।
आज २ सय १ कम्पनी घाटामा जादा ३९ कम्पनी फाइदामा गएका छन् भने ४ कम्पनी स्थिर रहेका छन् । आज ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपि पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रिन भेञ्चर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
आज ११ उपसूचक राताम्य हुँदा बैंकिङ्ग समूहको १.१५ प्रतिशत, विकास बैंक समूहको १.१७ प्रतिशत, फाइनान्स समूहको २.०७ प्रतिशत, होटल तथा पर्यटन समूहको २.३४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
प्रतिक्रिया