विकिपिडियामा छिरेर ह्याकरले गरे परराष्ट्रमन्त्री राणाको विवरणमाथि अश्लील छेडखानी

विकिपिडियामा छिरेर ह्याकरले गरे परराष्ट्रमन्त्री राणाको विवरणमाथि अश्लील छेडखानी


काठमाडौं – विकिपिडियामा परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यक्तिगत विवरण (जानकारी) माथि छेडखानी गरिएकाे छ । ह्याकरले विकिडियामा आफ्नो पहुँच बनाएर त्यसमा राखिएको आरजु राणाको व्यक्तीगत विवरणमाथि छेडखानी गरेका हुन् ।

विकिपिडिया विभिन्न विषयमा जानकारी दिने एउटा प्लेटफर्म हो । जसमा विभिन्न ओहोदामा पुगेका व्यक्ती, संस्था र कम्पनी लगायत बारेमा जानकारी दिइन्छ । यहीक्रममा परराष्ट्रमन्त्री राणाबारे विकिपिडियामा जानकारी नहुने कुरै भएन ।

सोही राणाको व्यक्तीगत विवरणमाथि ह्याकले आफ्नो पहुँच बनाएर जथाभावी विवरण राखिदिएका हुन् । तर, यसबारे अहिलेसम्म नेपालको सुरक्षा निकायले कुनै पनि कदम चालिसकेको छैन ।

यस्तै, विकिपिडियाले पनि अहिलेसम्म यसमाथि कुनै पनि कदम चालिसकेकाे छैन् ।