अघि बढ्यो सेबोनकाे अध्यक्ष चयन प्रक्रिया, यसअघिका ‘गयल’लाई अन्तरवार्तामा बोलाइयो

अघि बढ्यो सेबोनकाे अध्यक्ष चयन प्रक्रिया, यसअघिका ‘गयल’लाई अन्तरवार्तामा बोलाइयो


काठमाडौं – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया फेरी अघि बढाएको छ । अर्थमन्त्रालयले एक सूचना जारी गर्दै यसअघि उपस्थित नभएकालाई पुनः अन्तरवार्तामा बोलाएको हो ।

अर्थमन्त्रालयले महान्यायधिवक्ताको कार्यालयसँगको रायपछि अनुपस्थित ३ जनालाई पुनः अन्तरवार्तामा बोलाएको हो । यसअघि बोर्डको अध्यक्षमा नियुक्ती हुने व्यक्तीको नाम ‘लिक’ भएपछि ३ जनाले सामूहिकरुपमा अन्तरवार्ता बहिस्कार गरेका थिए ।

मन्त्रालयले कृष्णबहादुर कार्की, चिरञ्जिवि चापागाईँ र डा. नवराज अधिकारीलाई अन्तरवार्तामा बोलाएको हो । उनीहरुलाई यही असोज १८ गते मन्त्रालयमा बोलाइएको छ ।

यसअघि तत्कालिन अर्थमन्त्री वर्षमान पुनको पालानमा सेबोनको अध्यक्ष चयन प्रक्रियामा ५ जना सामेल थिए । उनीहरुमध्ये मुक्ती श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ उपस्थित बनेका थिए ।