उपभोक्ता मूल्य सूचकांकः बढ्यो ‘मार्केट सेन्टर’, उपभोगमा आएको फेरबदललाई सम्बोधनको प्रयास

उपभोक्ता मूल्य सूचकांकः बढ्यो ‘मार्केट सेन्टर’, उपभोगमा आएको फेरबदललाई सम्बोधनको प्रयास


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर धेरै चुनौतीको बाबजुद राष्ट्र बैंक टिमले उपभोक्ता मूल्य सूचकांकको नयाँ आधार वर्ष र ब्यालेन्स अफ पेमेन्टको नयाँ गणना विधि तयार गरेको बताएका छन् । राष्ट्र बैंकले उपभोक्ता मुल्य सूचकांक आधार वर्ष २०८०÷८१ र ब्यालेन्स अफ पेमेन्ट तथ्यांक सार्वजनिक सम्बन्धमा छलफल तथा पत्रकार सम्मेलनमा उनले केन्द्रीय बैंकले तथ्यांक कार्यालयले गरेको सर्वेलाई टेकेर काम गरिरहेको बताएका हुन् ।

‘राष्ट्र बैंक आफै नीति बनाउँछ, आफैँ लक्ष्य राख्छ, आफैँ मूल्य संकलन गर्छ, आफैँ वस्तु निर्धारण गर्छ आफै सर्वे गर्छ’ उनले भने, ‘ मैले राष्ट्र बैंकमा जागिर शुरु गर्दा पारिवारिक बजेट सर्वेक्षण चलिरहेको थियो। त्यसका लागि ११ सय कर्मचारीमात्रै अस्थायी नियुक्ति लिइएको थियो ।’

गभर्नर अधिकारीले परिवर्तन गर्न खाजेका कुराहरु कहिल्यै पनि पूर्ण नहुँने बताएका छन् । उनले परिवर्तन भनेको नियमित कुरा भएको भन्दै केन्द्रीय बैंक त्यही डाइरेक्सनमा गइरहेको बताए ।

अधिकारीले भने, ‘केही तल माथि छन् भने भोलिको दिनमा सच्याउने छौं । उपभोक्ता मूल्य सूचकांकको सन्दर्भमा मार्केट सेन्टरहरु बढेर गएका छन् भने उपभोक्ताको उपभोगमा भएको परिवर्तनलाई सम्बोधन गर्न खोजिएको छ ।’

उनले केन्द्रीय बैंकले एक महिना ढिलाई नगरे तथ्यांक नआउने भन्दै छिटो तथ्यांक सार्वजनिक गर्न लाग्दा राष्ट्र बैंकमाथि नै प्रश्न आउने बताए । उनले ढिलो भएतापनि केन्द्रीय बैंकले सही तथ्यांक नै ल्याउनुपर्ने उल्लेख गरे ।