काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब १८ अर्ब निक्षेप संकलन भएको छ । केन्द्रीय बैंकको असोज ६ गते र ७ गतेको तथ्यांकले सो रकम बराबरको निक्षेप संकलन भएको देखाएको हो ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि स्थिर रहेको छ । वाणिज्य बैंकहरुले असोज ६ / ७ गते ९७ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेका छन् ।
सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने बढेको छ । असोज ६ गते ५२ खर्ब २६ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ७ गते ५२ खर्ब ३२ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।
यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि वृद्धि देखिएको छ । आइतबारसम्म ४६ खर्ब २७ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले सोमबार ४६ खर्ब ३२ अर्ब कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै,राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.७८ प्रतिशत कायम भएको देखाएको छ ।
प्रतिक्रिया