नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण

नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण


काडमाडौं –  नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । एडीबीले आज सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुकको प्रतिवेदनले नेपालको अर्थतन्त्र सुधारउन्मूख भएको जानकारी दिएको हो ।

एडीबीले चालु आर्थिक बर्ष २०८१–८२ (२०२५ सेप्टेम्बरसम्म) नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) ४.९ प्रतिशतले बढ्ने अनुमान गरेको छ । त्यसमा २०२५ सेटेम्बरसम्म नेपालको जीडपी ४.९ प्रतिशतले बढ्ने अनुमान गरेकाे हो ।

त्यसअघि २०२५ अप्रिलसम्म पुग्दा भने नेपालको जीडीपी ४.८ प्रतिशतले बढ्ने अनुमान एडीबीले गरेको छ । अहिले भने नेपालको जीडीपी ३.९ प्रतिशतले बृद्धि भएको अनुमान एडीबीले गरेको छ ।

चालु आवमा सरकारले नेपालको जीडीपी ६ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । त्यो अवस्थामा एडीबीले नेपालको जीडीपी ४.९ प्रतिशतले बढ्ने अनुमान गरेको छ । २०२४ मा विद्युत् परियोजनाहरूमा भएको सार्वजनिक लगानी १७.७ प्रतिशतले बढेको पनि एडीबीको प्रतिवेदनमा उल्लेख छ । त्यसमा निजी लगानी १६.६ प्रतिशतले बढेको एडीबीको भनाइ छ ।

दक्षिण एसियाली भेगमा सन् २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । सन् २०२५ मा यसै क्षेत्रमा  ६.५ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । सन् २०२३ मा ६.८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त भएको थियो । यस भेगमा सबैभन्दा धेरै भारतको वृद्धिदर हुने देखिएको छ । भारतले ७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने एडीबीको अनुमान छ । बंगलादेश, भुटान र माल्दिभ्सले समेत यस वर्ष ५ प्रतिशत माथिको वृद्धिदर प्राप्त गर्नेछन् ।

मुद्रास्फीतितर्फ सन् २०२४ मा नेपालले ५.४ प्रतिशतको सीमा भित्र राख्न सक्ने देखिएको छ । सन् २०२३ मा ७.७ प्रतिशत थियो । सन् २०२५ मा केही बढेर ५.५ प्रतिशत मुद्रास्फीति हुने अनुमान एडीबीको छ । नेपालका लागि मुख्य आयात स्रोत भारतमा मुद्रास्फिति घटेसँगै नेपालको मुद्रास्फितिमा पनि सामान्य गिरावट आउने अनुमान गरिएको छ।