काठमाडौं – केही दिनयता निरन्तर घटिरहेको शेयर बजारमा बुधबार (आज) दोहोरो अंकको वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४९ दशमलव १८ अंकले बढेको छ ।
आज ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
अरुण भ्याली हाइड्रोको १३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीइडीबी हाइड्रोको १३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, न्यादी हाइड्रो, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, सगरमाथा जलविद्युत कम्पनी र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ३६ प्रतिशतका दरले गुमाएका हुन् ।
बुधबार १२ वटा उपसूचकमा हरियाली आएको छ । यसदिन विकास बैंक समूहको २.७५ प्रतिशत, वाणिज्य बैंक समूहको १.८० प्रतिशत, फाइनान्स समहको ३.८० प्रतिशत, होटल तथा पर्यटन समूहको ३. ५० प्रतिशतले शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया