शेयर बजार घट्न थालेपछि आत्तिए लगानीकर्ता, छानबिन गर्नुपर्नेमा जोड

शेयर बजार घट्न थालेपछि आत्तिए लगानीकर्ता, छानबिन गर्नुपर्नेमा जोड


काठमाडौं – ३ हजार अंकमा पुगेको नेपाल स्टक एक्सचेञ्ज निरन्तर घट्न थालेपछि शेयर लगानीकर्ता चिन्तित बनेका छन् । बजार घट्नुपर्ने ठोस् कारणविनै निरन्तर ओरालो लागेर यतिबेला २४ सय अंकको बिन्दुमा आइपुगेको छ । यससँगै शेयर बजारको गिरावट देखेर लगानीकर्ताहरु अत्तालिएका हुन् ।

शेयर लगानीकर्ताहरुको ४ वटा संघले संयुक्त विज्ञप्ती जारी गर्दै शेयर बजार घट्नुपर्ने कारण नरहेको उल्लेख गरेका छन् । उनीहरुले भनेकिा छन्, ‘बजार घट्नुपर्ने कुनै पनि प्राकृतिक कारण छैन । तर, पनि निरन्तर घटिरहेको छ ।’

पूँजीबजार घट्नुपर्ने मौलिक कारण नरहेपनि करिब १ महिनाको अवधिमा ६ सय अंक हाराहारीले घटिसकेको छ । बजार घट्न थालेपछि लगानीकर्ताहरुको संघले अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा पुगेर गुनासो समेत गरिसकेका छन् ।

लगानीकर्ताहरुको गुनासोपछि अर्थमन्त्री स्वयम् नेप्सेको कार्यालय पुगेर शेयर बजारबारे चासो राखेका थिए । तर, उनको चासोपछि पनि बजारले उकालो यात्रा तय गर्न सकेको छैन ।

अर्थमन्त्रीको सक्रियतापछि पनि बजार नबढेपछि घट्नुको कारण छानबिन गर्नुपर्ने माग संयुक्तरुपमा लगानीकर्ताहरुको संघले राखेका छन् ।