युनाइटेड अजोडले हकप्रद शेयर निष्कासनका लागि बोर्डमा दियो आवेदन

युनाइटेड अजोडले हकप्रद शेयर निष्कासनका लागि बोर्डमा दियो आवेदन



काठमाडौँ – युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा असोज ४ गते हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो।

कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात १ः०.१५ को अनुपातमा हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३१ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।