काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ महिनापछि २४ सय अंकको बिन्दुमा आइपुगेको छ । नयाँ सरकार गठन भएसँगै निरन्तर बढ्न थालेको शेयर बजार साउन ९ गते २४ सय अंक बिन्दुभन्दा तल थियो । त्यसयता पहिलोपटक आज यो बिन्दुभन्दा तल आइपुगेको हो ।
आज परिसूचक ५८.९३ अंकले घट्यो । यो २.३३ प्रतिशतको गिरावट हो । यससँगै परिसूचक २४ सय ७० अंकमा आइपुगेको छ । यसक्रममा आज १० वटा कम्पनीको मात्रै शेयर बढेको छ । यस्तै, २३३ वटा कम्पनीको शेयर घटेको छ । १ कम्पनीको मूल्य भने स्थिर छ ।
सोमबारको तुलनामा आज कारोबार रकम भने बढेको छ । आज ५ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको थियो । हिजो सोमबार ३ अर्ब रुपैयाँ हाराहारीको शेयर किनबेच भएको थियो । शेयर बजार घटेसँगै कारोबार रकममा समेत गिरावट आइरहेको छ ।
परिसूचक ३ हजार अंकको बिन्दुमा पुग्दा दैनिक ३० अर्ब रुपैयाँ हाराहारीको कारोबार हुन्थ्यो । जुन, यतिबेला निरन्तर घटेर ३ अर्ब रुपैयाँसम्म आइपुगेको हो । आज कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहमा १७६ अंकको गिरावट आएको छ । यसपछि होटल तथा टुरिजम समूह १६३ अंकले घटेको छ भने जीवन बीमा समूह १५० अंकले घटेको छ ।
प्रतिक्रिया