नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सम्मानित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सम्मानित


काठमाडौं – भिसा इन्टरनेशनलले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लाई सम्मान गरेको छ । भिसा इन्टरनेशनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा Excellence in New  Payment Flows-Issuer बाट उक्त कम्पनी सम्मानित भएको  हो ।

विगत चार दशकदेखि ग्राहकहरुलाई गुणस्तर सेवा दिंदै आएको उक्त कम्पनीले आगामी दिनहरुमा पनि आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

हाल कम्पनीको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ्ग र २६६ वटा एटीएम छन् ।