गरिमा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

गरिमा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा


काठमाडौं – गरिमा विकास बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख ३३ हजार २८७ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

बैंकले बिक्रीमा ल्याएको ४ लाख २५ हजार १५६.६७ कित्ता शेयरमा सर्वसाधारणले र १ लाख ८ हजार १३० कित्तामा संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले आजको मिती असोज ८ गतेको आगामी १५ दिनभित्र र संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनुपर्नेछ।