कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर ब्रिकीमा ल्याएको बताएको हो ।

बैंकले १ लाख ९ हजार ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा ल्याएको सो शेयर विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउने बैंकले जनाएको छ ।

सो शेयर खरिद गर्न आजको मिती असोज ८ गतेको ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ ।