४४ अर्ब डलरमा इलोन मस्कले किन्ने भए ट्वीटरको स्वामित्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सामाजिक सञ्जाल ट्वीटर इलोन मस्कले किन्ने भएका छन्। सञ्चालक समितिले स्थानीय समयअनुसार सोमवार राति उक्त सहमति गरेको ट्वीटरले जनाएको छ।

टेस्लाका संस्थापक मस्कले केही समयअघि ट्वीटर किन्न चाहेको बताएका थिए। कम्पनीले शुरुमा उनको प्रस्ताव स्विकारेको थिएन। पछि मस्कलाई ४४ अर्ब डलरमा कम्पनी मस्कलाई दिन सहमति भएको हो। यसअघि मस्कको ९ प्रतिशतमात्र शेयर ट्वीटरमा थियो। अब शतप्रतिशत शेयर उनको हुने बताइएको छ।

फोर्ब्स पत्रिकाका अनुसार विश्वकै धनी मस्कसँग २७३ अर्ब डलर बढी सम्पत्ति रहेको छ। टेस्लाको संस्थापकमात्र नभएर उनी अन्तरिक्षासम्बन्धी कम्पनी स्पेसएक्सकै पनि नेतृत्वकर्ता हुन्