काठमाडाैं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ४० हजार ४५१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । यो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
तोकिएको अवधिमा कुनैपनि आवेदन प्राप्त नभएको खण्डमा अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया