सिद्धार्थ बैंकले गर्याे क्रेडिट कार्ड कर्जा नतिर्ने १०१ जनाकाे नाम सार्वजनिक

सिद्धार्थ बैंकले गर्याे क्रेडिट कार्ड कर्जा नतिर्ने १०१ जनाकाे नाम सार्वजनिक


काठमाडौं – सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ऋणीको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने १०१ जना ऋणीहरूको नाम सार्वजनिक गरेको हाे ।

बैंकले सोमबार एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेकाे छ ।बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गर्दापनि नतिरेपछि ३५ दिनको समय दिएर बैंकले १०१ जना ऋणीको नाम सार्वजनिक हाे ।

‘क्रेडिट कार्ड कर्जा लिँदा गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवं लिखित रुपमा पटक– पटक ताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी कर्जा फछ्यौट गर्ने तर्फ तदारूकता नदेखाएको हुँदा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको हो,’ बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

३५ दिनभित्र साँवा ब्याज नबुझाएमा ऋणीलाई कर्जा सूचना केन्द्रको खराब सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले सूचनामार्फत जनाएकाे छ ।