काठमाडौं – तथ्यांकले नेपालमा वित्तीय र आर्थिक अपराध गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको देखाउँछ । प्रविधिको बढ्दो पहुँच, बढ्दो वित्तीय कारोबारको तुलनामा न्यून वित्तीय चेतना जस्ता विषयले आर्थिक अपराध मौलाउँदै गइरहेका छन् । आर्थिक अपराधमा धेरै मानिसहरुको संलग्नता बढ्दै जाँदा समग्र आर्थिक क्षेत्र नै प्रभावित बन्छ । नेपाल प्रहरीका डीआईजी दान बहादुर कार्की पनि यस्तै बताउँछन् । ग्लोबल आईएमई बैंकको पडकास्टमा पुगेर कार्कीले यस्तो बताएका हुन् । यस्तो छ ग्लोबल आईएमई पडकास्टमा कार्कीले राखेको विषयको सम्पादित अंशः–
आर्थिक ‘फ्रड’ के हो ? आर्थिक ‘फ्रड’लाई कसरी बुझ्ने ?
यो साधारण नै छ । परम्परागतरुपमा अपराध भनेको अरुलाई झुक्याउने ठग्ने नै हो । यो पैसाको कुरामा नै जोडिन्थ्यो । अहिले हामी त्यसको विकसित स्वरुप देख्दै छौं । आर्थिक विषयलाई लिएर कुनै व्यक्ति वा संस्थालाई लिएर त्यसको अतिरिक्त लाभ लिनु नै ‘फाइनान्सियल फ्रड’ हो । आर्थिक अपराध, आर्थिक कसुर र पैसासँग सम्बन्धीत कसुर ‘फाइनान्सियल फ्रड’ हो । यसभित्र व्यक्तिले व्यक्तिलाई ठग्ने पनि छन्, जस्तो विदेश पठाउने बहानामा ।
पार्सल आएको छ । अब यसलाई लिन पैसा जम्मा गर्नुस् जस्ता क्रियाकलापमार्फत वित्तीय अपराधीले ठग्ने गर्छन् । यस्तै जग्गा उपलब्ध गराउने, सस्तोमा सुन दिने, डलर देखाउने जस्ता उपाए उनीहरुले अपनाउँछन् । सुन सस्तोमा बिक्रीवितरण गर्ने होस् अथवा अन्य बेटिङ्ग गरेर आर्थिक लाभको लागि व्यक्ति वा संस्थालाई ठगी गर्ने कामहरु ‘फाइनान्सियल फ्रड’ हुन् । अर्कोतर्फ बैंकिङ्ग कसुर पनि ‘फाइनान्सियल फ्रड’ हो । बैंक तथा भौतिक मुद्रासँग सम्बन्धीत विषय बैंकिङ्ग कसुरभित्र जान्छ । बैंकले त भौतिक मुद्राको कारोबार गर्छ । क्यास दिन्छ वा लिन्छ, क्यासको सट्टा चेक पनि दिन्छ वा लिन्छ । त्यस्तो कुरामा गरिने फ्रड बैंकिङ्ग कसुर हो ।
बैंकसँग गरिने कारोबारलाई बैंकिङ्ग कसुरमा हेर्ने गरिन्छ । ‘फानइनान्सियल फ्रड’ भनेको बैंकहरु, अन्य कुनै संस्था, सरकारी कार्यालय र अन्य कुनै व्यक्तिलाई ठग्ने नै हो ।
बैंकिङ्ग कसुर र फाइनान्सियल फ्रडलाई एउटै ठाउँमा राख्न मिल्छ ?
यसलाई दुई किसिमले नै राख्नुपर्ने हुन्छ । फाइनान्सियल कसुर भित्र दुवै पर्ने भए । ‘फाइनान्सियल फ्रड’ भित्र अभौतिक सुन, क्रिप्टो र बेटिङ लगायतका विषय आउँछन् । बैंकिङ्ग कसुरतर्फ भने भौतिक चेक वा क्यासको कुराहरु आउँछन् ।
नेपालमा कस्ता किसिमका ‘फाइनान्सियल फ्रड’ धेरै हुन्छन् ?
पछिल्ला अवस्थामा ‘क्रिप्टोकरेन्सी’को बढ्दो कारोबार हो । त्यो भौतिक मुद्रा होइन, अभौतिक मुद्रा हो । जसमा अर्बौको कारोबार भएको छ । जसको अनुसन्धान गर्न समय र विज्ञताको आवश्यता पर्छ । अर्को बेटिङ्गका कुराहरु छन् । नेपाली अथवा नेपालमा बस्ने विदेशी खासगरी साउथ एशियामा मान्छेहरु बेटिङ्गमा समावेश भएको पाइन्छ । यसको विषय पनि हाल बढ्दो क्रममा नै छ । त्यस्तै हुण्डी करोबार । बैंकिङ्ग क्षेत्रबाट पैसाको कारोबार हुनुपर्नेमा गैह्र बैंकिङ्गबाट पैसाको कारोबार हुन्छ । बाहिरबाट पैसा आउँदै छ भने पनि हुण्डीबाट कारोबार गर्ने गरेको पाइन्छ ।
फलामलाई जलप लर्गा बेच्ने सुन होस् या कागजलाई डलर भनेर गरने कारोबार होस् । यी किर्ते आर्थिक अपराधमा जोडिएका हुन्छन् । नेपालमा आर्थिक मन्दी भएको अवस्थामा नेपालीहरु वर्षेनी आर्थिक अपराधमा बढेको देखिन्छ । यसरी आर्थिक अपराधमा धेरै मान्छे संलग्न हुँदै गर्दा मुलुकको अर्थव्यवस्थामा पनि प्रभाव पर्छ । अहिले बजारमा सहकारीको विषय छ । सहकारीमा ३४/३५ हजार त सहकारी नै होलान् ।
यतिका सहकारीमा कतिपयले राम्रो पनि गरेका होलान् तर नराम्रो गर्नेहरुका कारणले राम्रा पनि नराम्रोको क्याटोगोरीमा राख्नुपर्ने अवस्था छ । लाखौ मान्छे संलग्न छन् लाखौं पीडित छन् । सामान्य काम गर्नेदेखि लिएर बुढेसकालका लागि जोहो गर्नेहरु पनि डुबेका छन् । यसले ठूलो समस्या सिर्जना गरेको छ । पैसाका हिसाबले हेर्दा अहिले क्रिप्टो पहिलो नम्बरमा आउँछ । केसको हिसाबले हेर्दा सहकारी आउछ ।
प्रशासनभित्र आर्थिक ‘फ्रड’/आर्थिक ‘क्राइम’ हेर्ने कुनै विभागहरु छ ?
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) जुन छ । त्यसले नै यसका मुद्धाहरु हेर्छ । गम्भिर प्रकृतिका मुद्धाहरु सीआईबीले नै हेर्छ । यसबाहेक सामान्य मुद्धा सबैले हेर्छन् ।
अहिले नेपालमा ‘डिजिटाजेसन’ बढ्दो छ । तपाईको विचारमा डिजिटल आर्थिक अपराध कत्तिको बढेको छ ?
नेपालमा डिजिटल कारोकार गर्नेहरुको संख्या वर्षेनी बढिरहेको छ । युथहरु पनि बैंकहरुको डिजिटल कारोबारमा संलग्न छन् । कतिपयले त व्यवसाय पनि धानिरहेका छन् । यसको प्रयोग जति बढ्यो, त्यति आर्थिक अपराध बढ्ने चिन्ता छ । हरेक मानिसको कारोबार बैंकिङ्ग प्रणलीमा हुनुपर्छ । तर, कारोबार बढ्दै जाँदा बैंकिङ्ग प्रणलीले साइबर सुरक्षामा ध्यान दिनुपर्ने हुन्छ । किन ध्यान दिनुपर्ने डिजिटल कारोबार गर्ने संख्या बढ्दा ठगिने संख्या पनि बढ्ने भयो । एटीउमबाट हुने ठगि र अपराधका घटनाहरु प्नि बढ्दै गइरहेका छन् । ‘डिजिटल वल्ड’मा धेरै मान्छे भएकाले ठगिने संख्या बढ्दै गएका छन् । यसको समाधानका लागि हामी र बैंकहरुले सिस्टमलाई बलियो बनाउनुपर्ने अवस्था आएको छ ।
परम्परागत वित्तीय अपराध र ‘डिजिटल फ्रड’मध्ये अपराधी पत्ता लगाउन कुन माध्यमबाट सहज हुन्छ ?
हरेक ठाउँमा अवसर र चुनौति दुवै हुन्छ । पहिला पनि ‘क्यास फ्रड’ हुँदा थाहा पाउन गाह्रो हुन्छ । सुरुमा पत्ता लगाउनै गाह्रो हुन्छ । पत्ता लाग्यो भनेपनि ठोकुवा गर्न गाह्रो हुन्छ । तर, विद्युतीय माध्यमबाट हुने अपराधमा ‘ओटीपी’, कारोबार हिस्ट्री लगायत प्रमाण हुन्छन् । यसकारण ‘ट्रयाकिङ्ग’ गर्न सहज हुन्छ । अनलाईबाट गरेको ठगि पत्ता लगाउन समय लाग्छ । तर पत्ता लगाउन सहज हुन्छ ।
आर्थिक अपराधबाट जोगिन बैंकहरुले के गर्नपर्छ ?
बैंकसँग आवद्ध ग्राहकको आर्थिक सुरक्षा गर्ने दायित्व बैंकको हुन्छ । त्यसकारण, बैंकले अनलाईन बैंकिङ्गमार्फत हुने कारोबारमा जोड दिनुपर्छ जस्तो लाग्छ । यसरी कारोबार गर्न सहज पनि हुन्छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाले आफ्नो बैंकिङ्ग प्रणाली बलियो बनाउन आवश्यक छ । भौतिक कारोबारका माध्यमहरु (एटीएम, टेलर) मा सीसी क्यामेरा जडान गरिन्छ ।
यसैगरी, विद्युतीय माध्यमबाट हुने कारोबारमा पनि सावधानी अपनाउनुपर्छ । बैंकहरुले सेवाग्राही लक्षित चेतनामुलक कार्यक्रममा जोड दिनुपर्छ । सेवाग्राहीलाई कारोबार गर्ने तरिका र पासवर्ड राख्ने तरिका लगायतका चेनता समेत बैंकले फैलाउनुपर्छ ।
प्रतिक्रिया