ऋणीको सम्पत्ति लिलामी गर्दै प्राइम कमर्सियल बैंक

ऋणीको सम्पत्ति लिलामी गर्दै प्राइम कमर्सियल बैंक


काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकले ७ दिने सार्वजनिक सूचना जारी गर्दै धरान, र विर्तामोड शाखाका ऋणीहरूको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने भएको हो ।

बैंकले आफ्नो विभिन्न शाखाबाट लिएका ऋणहरू समयमा तिर्न असफल भएका ऋणीहरूलाई यसअघि ३५ दिने र १५ दिने सार्वजनिक सूचनासहित धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने चेतावनी दिँदा अटेर गरेको सूचनामा उल्लेख गरेको छ ।

बैंकका अनुसार ऋणीहरूलाई पटक–पटक मौखिक तथा लिखित चेतावनी दिए पनि साँवा, ब्याज, हर्जाना ब्याज, र किस्ताहरू तिर्न बेवास्ता गरेपछि सूचना निकाल्न बाध्य भएको बैंकले जनाएको छ ।

बैंकले कर्जा असुलीका लागि अब धितोमा रहेको सम्पत्ति शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्न लागेको हो। बैंकले ऋणीहरूलाई ७ दिनभित्र सम्पर्क गरी समाधानका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ। साे अवधिमा सम्पर्क नगरे धितोमा रहेको सम्पत्तिको लिलाम प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।