बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा गिरावट, अन्य सूचक कस्ता ?

बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा गिरावट, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको असोज ३ गते बिहीबारको तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६५ खर्ब १७ अर्ब निक्षेप संकलन भएको छ ।

असोज २ गते बुधबार भने बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २१ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा ४ अर्बले घटेको देखिन्छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ४ अर्बले नै घटेको छ । बुधबारसम्म ५७ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले शनिबार ५७ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने स्थिर देखिएको छ । बुधबारसम्म ५२ खर्ब २४ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले बिहीबार पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।

यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा १ अर्बको गिरावट देखिएको छ । बुधबारसम्म ४६ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले बिहीबार ४६ खर्ब २४ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै,राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.७६ प्रतिशत कायम भएको देखाएको छ ।