दाेहाेराे अंकले बढ्याे शेयर बजार, काराेबार रकम ५ अर्ब ९ कराेड

दाेहाेराे अंकले बढ्याे शेयर बजार, काराेबार रकम ५ अर्ब ९ कराेड


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार बढेको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११ दशमलव ५८ अंकले बढेर २५ सय ८८ दशमलव ३५ को बिन्दुमा बन्द भएको छ ।

आज ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । । आज १३८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै इस्र्टन हाइड्रोपावर, आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र अपर स्यांगे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ६५ प्रतिशतका दरले गुमाएका हुन् । आइतबार ८ उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ्ग समूहको १.०१ प्रतिशत, विकास बैंक समूहको ०.६६ प्रतिशत, हाइड्रोपावर समूहको ०.३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।