ऋणीको धितोमा रहेको घर जग्गा लिलाम बिक्री गर्दै कामना सेवा

ऋणीको धितोमा रहेको घर जग्गा लिलाम बिक्री गर्दै कामना सेवा


काठमाडाैं – कामना सेवा विकास बैंकले धितो सुरक्षणमा रहेका अचल सम्पत्तिहरू (घर/जग्गा तथा सवारी साधन) लिलाम बिक्री गर्ने भएको छ । बैंकले विभिन्न स्थानमा रहेका अचल सम्पत्तिहरू बिक्रीका लागि १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

बैंकले २०८१ असोज ६ गते प्रकाशित सूचनामा, ऋण लिएको सम्झौताअनुसार रकम चुक्ता नगरेका ऋणीहरूमाथि बारम्बार मौखिक र लिखित आग्रह गर्दा पनि कुनै चासो नदेखाएको भन्दै सम्पत्तिहरू लिलाम गर्न प्रक्रिया अगाडि बढाएको बैंकले जनाएको छ । सूचना अनुसार, इच्छुक व्यक्तिहरूले १५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्रमार्फत सम्पत्ति खरिद गर्न सक्नेछन्।

लिलाम बिक्रीबाट पनि बैंकले आवश्यक रकम असुलउपर गर्न नसकेमा, बैंकले ऋणी र जमानीकर्ताहरूको अन्य सम्पत्तिबाट लेनदेन असुल गर्ने र कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम पठाउने बैंकद्वारा जारी सूचनामा उल्लेख छ । बैंकले लिलाम बिक्री सम्बन्धी विभिन्न सर्तहरू पनि तोकेको छ ।