निफ्रा बैंकले एक महिनामा पौने १४ करोड रुपैयाँ नाफा कमायो

निफ्रा बैंकले एक महिनामा पौने १४ करोड रुपैयाँ नाफा कमायो


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ काे पहिलाे महिना साउनमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले उलेख्य मात्रामा नाफा कमाउन सफल भएकाे छ । बैंकले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पौने १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

बैंकले साउनमा १३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । एक महिनामा बैंकको कुल आम्दानी २५ करोड १६ लाख रुपैयाँ गरेको छ । यस अवधिमा बैंकको ब्याज आम्दानी २२ करोड १२ लाख रुपैयाँ गरेको छ भने बैंकले ब्याज खर्चमै १ करोड ८७ लाख रुपैयाँ रहेकाे छ ।

साथै, बैंककाे कर्मचारी खर्च ३९ लाख रुपैयाँ, कार्यालय सञ्चालन खर्च ४४ लाख रुपैयाँ रहेकाे छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड रुपैयाँ र अन्य जगेडा कोषमा ८० करोड रुपैयाँ रहेको छ ।