तोलामा १७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा १७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य भारी रकमले बढेको छ । आज सुनको मूल्य तोलामा १७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार छापावाला सुन १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।