विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्दै एनएमबि बैंक

विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्दै एनएमबि बैंक


काठमाडौं – एनएमबि बैंकले देशका विभिन्न स्थानमा रहेका गैह्र बैकिङ्ग (घरजग्गा) सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले ४ जिल्लाका विभिन्न स्थानमा रहेका घरजग्गा लिलाम बिकी गर्ने भएको हो ।

बैंकले काठमाडौं, ललितपुर, मकवानपुर र मोरङ्गका विभिन्न ठाउँका घरजग्गा बिक्रीमा राखेको छ । काठमाडौंमा २ कित्ता, ललितपुरमा ६ कित्ता, मकवानपुरमा एउटा कित्ता र मोरङ्गमा ५ वटा कित्ता गरी १४ वटा कित्ता बिक्रीमा राखेको हो ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक ७ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।