एनआईसी एशिया बैंकद्वारा दशैं र तिहार विशेष अफर सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा दशैं र तिहार विशेष अफर सार्वजनिक


काठमाडौं– एनआईसी एशिया बैंकले दशैं र तिहारको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । बैंकले ग्राहकले इलेक्ट्रोनिक उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्मको छुट र ३ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्ने बताएको छ भने जसमा अधिकतम नगद फिर्ता रकम १० हजार रुपैयाँ सम्मको हुने उल्लेख गरेको छ ।

बैंकका ग्राहकले एनआईसी एशिया मो बैंक एप वा एनआईसी एशिया डेबिट र क्रेडिट कार्ड प्रयोगमार्फत क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्नुपर्ने छ भने अफरमा एनआईसी एशिया क्रेडिट कार्डसहित इएमआई सुविधा उपलब्ध हुँदा ग्राहकले सहज किस्तामा भुक्तानी गर्न सक्ने बैंकले बताएको छ ।