सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत बोनसको बुकक्लोज कहिले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक समितिबाट प्रस्तावित २० प्रतिशत बोनस र कर सहित कुल २१.०५२६३ प्रतिशत लाभांश पारित गर्न वैशाख २८ गते २५ औं वार्षिक साधारण सभा डोकेको छ ।

कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले वैशाख २८ गते काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजे साधारण सभा आह्वान गरेको हो ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १६ गते शुक्रबारदेखि वैशाख २८ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ ।

यसअनुसार बैशाख १५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई दर्ता किताबमा कायम सेयरधनीहरु मात्रै प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको २५ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७।७८ का लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद गरी कुल २१.०५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

सभाले सगरमाथा इन्स्योरेन्स र निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिइएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

यसैगरी चुक्ता पूँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभामा रहेको छ ।