बढ्दाे वित्तीय अपराध, कृषि विकास बैंकका सीईओको नाम दुरुपयोग गर्दै ठग्ने प्रयास

बढ्दाे वित्तीय अपराध, कृषि विकास बैंकका सीईओको नाम दुरुपयोग गर्दै ठग्ने प्रयास


काठमाडौं – कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको नाम, फोटो र पदको अनधिकृत प्रयोग गर्दै ठगी गर्ने प्रयास भएको छ । सीईओ गुरुङले सामाजिक सञ्जालमार्फत् आफ्नो नामको दुरुपयोग गरी ठगी गर्ने प्रयास भएको जानकारी गराएका हुन् ।

सीईओ गुरुङले उज्वेकिस्तानकाे फोन नम्बर र नक्कली इमेलमार्फत गुरुङको नामबाट विभिन्न व्यक्तिहरुलाई रकम माग्ने प्रयास भइरहेको जानकारी दिएका छन् ।

गुरुङले उक्त घटनामा कुनै पनि संलग्नता नरहेको स्पष्ट गर्दै, यस्ता अनुरोधप्रति सतर्क रहन सबैलाई आग्रह गरेका छन् । उनले यस्ता नक्कली इमेल वा फोन नम्बरबाट आउने अनुरोधमा कुनै किसिमको सहयोग नगर्न र यस्तो घटना भेटिएमा तुरुन्तै सम्बन्धित कानुनी निकायमा उजुरी गर्न सुझाव दिएका छन् ।

गुरूङले सामाजिक सञ्जालमा लेखेका छन्’ उज्वेकस्तानबाट मेरो नाम र फोटो र इमेलको निम्न नम्बर अनुसार विभिन्न परिचित/अपरिचित व्यक्तिहरूलाई पैसा नपठाउन, सतर्क रहन र विभिन्न चिनजानका व्यक्तिहरूबाट पैसा नपठाउन अनुरोध गर्दछु । यस्तो अनुरोध आएको खण्डमा सम्बन्धित निकायमा उजुरी दिन पनि अनुरोध छ ।’

यस्ताे छ सीईओ गुरुङको स्टाटस :

https://www.facebook.com/share/p/tTHEtaoyAWbTRinF/?mibextid=oFDknk