बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा गिरावट आउँदा कर्जा प्रवाह स्थिर, अन्य सूचक कस्ता ?

बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा गिरावट आउँदा कर्जा प्रवाह स्थिर, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा सामान्य गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको भदौ २९ गते शनिबारको तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ५ अर्ब निक्षेप संकलन भएको छ ।

भदौ २८ गते शुक्रबार भने बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ७ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा २ अर्बले घटेको देखिन्छ । 

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि २ अर्बले घटेको छ । शुक्रबारसम्म ५७ खर्ब ८० अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले शनिबार ५७ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंकक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने स्थिर देखिएको छ ।  शुक्रबारसम्म ५२  खर्ब १६ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय सस्थाले शनिबार पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् । 

यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह पनि स्थिर रहेको छ । शुक्रबारसम्म ४६ खर्ब १६ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले शनिबार पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् । 

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै,राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.७९ प्रतिशत कायम भएको देखाएको छ ।