तीव्र उत्तराचढावबीच घट्यो नेप्से, कारोबार रकम ५ अर्बमा सीमित

तीव्र उत्तराचढावबीच घट्यो नेप्से, कारोबार रकम ५ अर्बमा सीमित


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार सामान्य गिरावट आएको छ । तीव्र उत्तराचढावबीच नेप्से परिसूचक अन्तिम समयमा सामान्य अंकको गिरावटसँगै बन्द भएको हो ।

कारोबार सुरु भएको डेढ घन्टाको अवधिमा नेप्से परिसूचक बढेर २६ सय ५ अंकसम्म पुगेको थियो । तर, फेरी निरन्तर ओरालो लाग्दै २५ सय ७६ अंकसम्म आइपुगेको हो । यो ०.१५ प्रतिशतको गिरावट हो ।

यसक्रममा आज ७४ वटा कम्पनीको शेयर मूल्य बढ्यो । १६३ वटा कम्पनीको शेयर मूल्य घट्दा ७ वटाको भने स्थिर कायम छ । परिसूचक सामान्य अंकले घट्दा आज ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यो मूल्यको शेयर किनबेच हुँदा १ करोड ३९ लाख कित्ता शेयर किनबेच भएको छ । आज कालिका लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.०८ प्रतिशतले बढ्यो । यस्तै स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.९२ प्रतिशतले खुम्चियो ।

यस्तै, आज गुडविल फाइनान्सको शेयर मूल्य ६.७७ प्रतिशतले घट्यो । परिसूचक घटेपनि आज सीएचडीसी लघुवित्त वित्तीय संस्थाको २० करोड ५८ लाख कित्ता शेयर किनबेच भएको छ । यसपछि नेपाल फाइनान्सको शेयर मूल्य १६ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

परिसूचक घटेपनि आज बैंक र निर्जीवन बीमा कम्पनी समूहको सूचक बढेको छ । बैंक समूह ११.१६ अंकले बढ्दा निर्जीवन बीमा कम्पनी समूह २०.७८ अंकले बढेको छ । यसबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । यसक्रममा वित्त समूह ८३ अंकले घटेको छ । यसपछि उत्पादनमूलक समूहमा ५७ अंकको गिरावट आएको छ ।