काठमाडौं – साहस ऊर्जाले आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत बोनस शेयर घोषणा गरेको हो ।
८ प्रतिशतका दरले हुन आउने २८ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव कम्पनीको सञ्चालक समितिले गरेको छ । यस्तै प्रस्तावित बोनस शेयरको कर प्रयोजनका लागि ०.४२१ प्रतिशतका दरले हुन आउने १ करोड ४७ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांस वितरणको प्रस्ताव छ ।
यसैगरी कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५० करोडमा बोनस शेयर वृद्धिपछि हुन आउने चुक्ता पूँजीको १ः१ मा हकप्रद शेयर वितरण गर्नेछ । यससँगै कम्पनीको चुक्ता पूँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया