राष्ट्र बैंकको नेपालगञ्ज कार्यालयको सामान लिलाम सम्बन्धी बोलपत्र आह्वान


काठमाडौं – नेपाल राष्ट्र बैंकको नेपालगञ्ज शाखा कार्यालयले सामान लिलाम सम्बन्धी बाेलपत्र आह्रवान गरेको छ । राष्ट्र बैंकको नेपालगञ्ज शाखा कार्यालयले २० हजार ६ सय १३ रूपैयाँ बराबरकाे सामान लिलाम बिक्रीमा राखेको हो ।

बैंकले पुँजीगत सामान्य र अन्य फुटकर सामानहरू लिलाम बिक्रीमा राखेकाे छ । लिलाम सिलबन्दी बोलपत्र खुल्ने समय १८ गते शुक्रबार १२ः ३० बजेलाई ताेकिएकाे छ ।

बालेपत्र तथा बाेलकबाेल गरेको रकम पाँच प्रतिशतले हुन आउने रकम बराबर कार्यालयको सण्ड्री क्रेडिटर्स हिसाब नं.
2109999–011–002–524 मा नगद जम्मा गरेको सक्कल भौचर समावेश हुनुपर्ने सूचनामा उल्लेख छ ।

साथै, बाेलपत्र सम्बन्धी थप जानकारी लिनका लागि www.nrb.org.npबैंकको वेबसाइटमा हेर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।