नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नबिल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज असोज २ गतेदेखि ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर हाल कायम संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति, कम्पनी तथा संगठित संस्थाले खरिद गर्न पाउनेछन् । शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३०७ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

शेयर खरिद गर्न चाहनेले न्युनतम १ हजार कित्ताबाट आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न असोज १६ गतेसम्म निदेवदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।