न्यादी हाइड्रोपावरको १ करोड २८ लाख कित्ता शेयरको काराेबार खुल्दै

न्यादी हाइड्रोपावरको १ करोड २८ लाख कित्ता शेयरको काराेबार खुल्दै


काठमाडौं – न्यादी हाइड्रोपावर कम्पनीको १ करोड २८ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ । यही वर्षको कात्तिक ४ गतेदेखि कम्पनीको लकइन अवधि सकिने भएको हो ।

संस्थापक शेयरधनी, संस्थापक शेयरधनीका कर्मचारी, कम्पनीका कर्मचारी, स्थानीय बासिन्दाको गरी सो परिणामको शेयरको लकइन अवधि सकिने भएको छ । अवधि सकिएसँगै एकैपटक कम्पनीको १ करोड २८ लाख कित्ता शेयर कारोबार सुरु हुनेछ ।