काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा तोलामा ६ सयको गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आजका एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आजका लागि भने रएक हजार नौ सय पाँच रुपैयाँ निर्धारण भएको छ ।






About Us
प्रतिक्रिया