फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान’

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान’


काठमाडौं – स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो नवीनतम फोनको टेक्नो स्पार्क गो वान बजारिकरण गर्ने भएको छ । यो मात्र ११ हजार ९९० रुपैयाँमा तयार गरिएको छ । जसले गर्दा ग्राहकहरुले आफ्नो न्युनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सक्ने कम्पनीले बताएको छ ।

स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ । जुनसुकै अवस्थामा निरन्तर स्क्रोलिङका लागि १२० हर्ट्जसम्मको रिफ्रेस दर, लाइटनिङ-फास्ट मल्टिटास्किङका लागि ८ जीबी र्याम, र बूमिङ, क्रिस्टल क्लियर अडियोका लागि डुअल स्टेरियो स्पिकरहरू सहितको भएको बताइएको छ ।

साथै, ५० भन्दा बढी सेवा केन्द्रहरू भएको टेक्नोले स्मार्टफोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठूलो सपोर्ट नेटवर्क बनेको छ ।