सेन्ट्रल फाइनान्सको सीईओमा रजोज मान श्रेष्ठ पुनः नियुक्त


काठमाडौं– सेन्ट्रल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रजोज मान श्रेष्ठ नियुक्त भएका छन् । गत २८ गते बसेको संस्था सञ्चालक समितिको ३४३ औ बैठकको निर्णयानुसार संस्थाका प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

कम्पनीले असोज ३ गतेदेखि लागु हुने गरी ४ वर्षको दोस्रो कार्यकालका लागि नियुक्ति गरेको हो।