मानुषी लघुवित्तको स्वतन्त्र सञ्चालक सुवर्ण कुमारको कार्यकाल सकियो


काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालकको सुवर्ण कुमार कर्मचार्यको कार्यकाल सकिएको छ । कर्मचार्य गत २८ गते ४ वर्ष कार्यकाल सकिएको भएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ (२) बमोजिम स्वतन्त्र संचालक सदस्यको कार्यकाल एक कार्यकालका लागि मात्र नियुक्ती हुन सक्ने भन्ने व्यवस्था भएको हुँदा उनको कार्यकाल सकिएको कम्पनीले जनाएको छ ।