बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज वैशाख ५ गते १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले वैशाख ६ गते जारी गर्न लागेको ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल आजै गर्ने भएको हो।
राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो साउन ३ गते परिपक्ज हुनेछ ।
यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।






About Us
प्रतिक्रिया