अधिकांश बैंकहरुले फेरी घटाए ब्याजदर, कुनको कति ?

अधिकांश बैंकहरुले फेरी घटाए ब्याजदर, कुनको कति ?


काठमाडौं – हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले आगामी महिना (असोज) का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

आगामी महिनाका लागि ९ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । साथै ९ वटा बैंकले भदौ महिनाकै ब्याजदर नै निरन्तरता दिएका छन् भने २ वटा सरकारी बैंकले मात्रै आगामी महिनाका लागि ब्याजदर बढाएका छन् ।

बैंकहरुले असोज महिनाका लागि बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ औसत ६.३९८ प्रतिशत र संस्थागत तर्फ ५.१०२ प्रतिशत ब्याजदर तोकेका छन् । बैंकहरुले आगामी महिनामा व्यक्तिगत तर्फ औसतमा ०.१३० प्रतिशत र संस्थागत तर्फ ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् ।

असोज महिनाका लागि ब्याजदर बढाउने बैंकहरुमा सरकारको स्वामित्वमा रहेका बैंकहरु कृषि विकास र नेपाल बैंक रहेका छन् । यि दुई बैंकले व्यक्तिगत तर्फ क्रमशः ०.००५ प्रतिशत र ०.७ प्रतिशत बिन्दु बढाएका छन् । असोज महिनामा कृषि विकास बैंकले मुद्दति निक्षेपको व्यक्तिगततर्फ ६.०७ प्रतिशत र नेपाल बैंकले ५.९५ प्रतिशत ब्याज दिने छ ।

त्यस्तै असोज महिनाका लागि ब्याजदर घटाउने बैंकहरुमा एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

असोज महिनाका लागि एनएमबि बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत ब्याज दिने भएको छ । साथै, कुमारीले व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत, प्राइम कमर्सियलले व्यक्तिगत तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत, नेपाल एसबीआईले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत, सानिमाले व्यक्तिगत तर्फ ५.९ प्रतिशत संस्थागत तर्फ ४.३ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै, एनआईसी एशियाले व्यक्तिगत तर्फ ७.१८ प्रतिशत र संस्थागत तर्फ ६.१८ प्रतिशत, नबिल बैंकले पनि व्यक्तिगत तर्फ ६.७५ प्रतिशत र संस्थागत तर्फ ५.७५ प्रतिशत र एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । साथै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यसैगरी, असोज महिनामा भदौ महिना कै ब्याजदरलाई निरन्तरता दिने बैंकहरुमा प्रभु, ग्लोबल आइएमई, लक्ष्मी सन्राइज, सिटिजन्स, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंक रहेका छन् ।

असोज महिनामा प्रभु बैंकले असोज महिनामा पनि व्यक्तिगत तर्फ ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगत तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याजदर दिने भएका छन् । साथै, लक्ष्मी सनराइज व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत, सिद्धार्थ व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत ब्याज दिने भएका छन् ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत, हिमालयनले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत, माछापुच्छ्रेले पनि व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत र सिटिजन्स बैंकले व्यक्तिगत तर्फ ६.१५ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएका छन् ।