काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा सामान्य वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको भदौ २७ गते बिहीबारको तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ५ अर्ब निक्षेप संकलन भएको छ ।
भदौ २६ गते बुधबार भने बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ४ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा १ अर्बको वृद्धि देखिएको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि १ अर्बको वृद्धि देखिएको छ । बुधबार ५७ खर्ब ७६ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले बिहीबार ५७ खर्ब ७७ अर्ब निक्षेप संकलन गरेका छन् ।
सो समयमा बेंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा पनि १ अर्बको वृद्धि देखिएको छ । बुधबारसम्म ५२ खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय सस्थाले बिहीबार ५२ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेका छन् ।
यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जामा प्रवाह पनि बढेको छ । बुधबारसम्म ४६ खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले बिहीबार ४६ खर्ब १४ अर्ब प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै,राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.७८ प्रतिशत कायम भएको देखाएको छ ।



About Us
प्रतिक्रिया