घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?


काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राती १२ बजे देखी लागू हुने गरेर डिजेल र पेट्रोलको मूल्य घटाएको हो ।

निगमकाअनुसार सोमबार बिहान १ बजे देखी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेलको मूल्य ५ रुपैयाँ घटेको छ । भारतबाट इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि निगमले आन्तरिक बजारमा घटाएको जानकारी दिएको छ ।

मूल्य घटेसङ्गै पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५६ रुपैयाँ कायम भएको छ । यस्तै, दोस्रो वर्गमा १५८ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम भएको छ । यसअघि पहिलो वर्गमा १६०, दोस्रो वर्गमा १६२ र तेस्रो वर्गमा १६३ रुपैयाँ थियो ।

यस्तै डिजेलको मूल्य लिटरमा ५ रुपैयाँ घटेपछी १४६ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गमा १४८ र तेस्रो वर्गमा १४९ रुपैयाँ कायम भएको छ ।