काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार दोहोरो अंकले घट्दै शेयर बजारको सुरुवाता भएको छ । आज शेयर बजार मापक नेपाल स्टक एक्सेचन्ज (नेप्से) दोहोरो अंक अर्थात् ५३. ०६ प्रतिशतले घट्दै २६ सय ३५ दशमलव ४६ अंकमा कायम भएको छ ।
आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ ।
आज यस कम्पनीकाे ६४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आइतबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ०.९३ प्रतिशत, विकास बैंक समूहको २.५१ प्रतिशत, फाइनान्स समूहको ३.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.६८ प्रतिशतगरी १३ वटै सूचक राताम्य भएका हुन् ।
प्रतिक्रिया