५६ लाख कित्ता हकप्रद निष्काशन गर्दै सीईडीबि हाइड्रोपावर


काठमाडौं – सीईडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बोनश शेयर बितरण गरेपछि हकप्रद निष्काशन गर्ने भएकाे छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को लागी चुक्ता पुँजीको ११ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै, कम्पनीले कम्पनीले ५६ लाख ३६ हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले बोनश शेयर वितरण गरेपश्चात कायम चुक्ता पूँजीको ५४.५ प्रतिशत ९१ः०.५४५० का दरले हकप्रद शेयर निष्काशन गर्ने भएकाे हाे ।