काठमाडौं – सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ। उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन्।
त्यसैगरी, कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालाका निर्देशक डा.दिपेन्द्र कुमार यादव लगायतको पनि उपस्थिति रहेको थियो ।
यस सहयोगले बिरामीहरूले स्तरीय उपचार सेवा पाउने विश्वास लिँदै बैंकले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राख्ने जनाएको छ ।



About Us
प्रतिक्रिया