नियमसङ्गत चलेका सहकारीहरु डुब्दैनन् : प्रधानमन्त्री

नियमसङ्गत चलेका सहकारीहरु डुब्दैनन् : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने बताएका छन । प्रधानमन्त्री ओलीले नियमसङ्गत चलेका सहकारी नडुब्ने र कसैलाई नडुबाउने बताएका हुन ।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको आज सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले भने, ‘सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले यस क्षेत्रमा विकृति आएको हो ।’

अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरुले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको स्पष्ट गरे ।

‘विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो । स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरुमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरु छन्,’ प्रधानमन्त्री ओलीले भने ।

समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आउनुपर्ने बताउदै ओलीले समितिले सरकारलाई निर्देश गर्नु पर्ने समेत बताए । सो सुझावलाई सरकारले कार्यान्वयन गर्ने ओलीको भनाई छ ।