नेपाललाई बन्दरगाहसम्म सहज पहुँच उपलब्ध गराउनुपर्नेमा एसियाली विकास बैंकको जोड

नेपाललाई बन्दरगाहसम्म सहज पहुँच उपलब्ध गराउनुपर्नेमा एसियाली विकास बैंकको जोड


काठमाडौं – एसियाली विकास बैंकको भारतस्थित आवासीय मिसनका वरिष्ठ कार्यक्रम अधिकृत सौम्य चट्टोपाध्यायले दक्षिण एसियाली क्षेत्रको यातायात प्रणालीमा काम गरिरहेको बताएका छन् । आजदेखि नेपाल उद्योग परिसंघको आयोजनामा सुरु भएको पूर्वाधार समिटमा बोल्दै अधिकृत चट्टोपाध्यायले यस्तो बताएका हुन् ।

उनले दक्षिण एसियाली मुलुकबीचको यातायात आवद्धता वृद्धि गर्न परियोजना निर्माण र व्यापार वृद्धिलगायतमा काम गरिरहेको बताएका हुन् । ‘नेपाल र भुटानजस्ता भूपरिवेष्ठित देशलाई बन्दरगाहसम्मको पहुँच उपलब्ध गराउन र सहज व्यापार गर्नको लागि एसियाली विकास बैंकले ठूलो लगानी गरिरहेको छ,’ उनले भने ।

नेपालको पश्चिमी क्षेत्रलाई भारतसँग सहज पहुँच वृद्धि गर्न सकेमा आर्थिक वृद्धिको लागि ठूलो सहयोग पुग्ने उनको भनाइ छ । नेपालले पूर्वाधार निर्माणमा मात्र नभएर सफ्टवेयर पक्षलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।